मन्त्रालय फुटाएर भागबण्डा

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १७:५३

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गर्दै भागबण्डा मिलाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले मन्त्रालय फुटाएर भागबण्डा मिलाएका हुन् । मन्त्रालय फुटाएर बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि सरकारले मन्त्रालयको संख्या बढाएको हो ।

बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुग्यो । श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।

मन्त्रीपरिषद्को बैठकले विना विभागीय मन्त्री श्रेष्ठलाई चाँडै मन्त्रालयको जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.