मोरङमा छोरा बुहारीको झगडा छुट्याउँदा वृद्ध घाइते

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार १९:१४

विराटनगर । मोरङमा छोरा बुहारीको झगडा छुट्याउने क्रममा एक जना वृद्ध घाइते भएका छन् । घटना लेटाङको हो ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–६ कपासेका ३४ वर्षीय कुलचन्द धिमाल र पत्नी २७ वर्षीया सीता विष्टबीच मंगलबार राति ११ बजेतिर झगडा भएको थियो । घरयासी विवादमा छोरा बुहारीको झगडा परेपछि कुलचन्दका बुवा ६४ वर्षीय गुरुराज धिमाल छुट्याउन गएका थिए ।

छोरा बुहारीको झगडा छुट्याउने क्रममा टाउकोमा चोट लागेर गुरुराज घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घाइते भएपछि उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएका वृद्धको अवस्था सामान्य छ ।

घटनापछि कुलचन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुलचन्दले बारम्बार घरमा झैझगडा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डीएसपी जोशीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.