ओखलढुंगाको समन्वय समिति सभापतिमा भट्टराई पक्का

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार ०८:०२
टेकराज भट्टराई ।

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका पुराना नेता टेकराज भट्टराई जिल्ला समन्वय समिति ओखलढुंगाको सभापति बन्ने पक्का भएको छ ।

नेपाली कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाउने भएको हो । स्थानीय तहको प्रमुख र उपप्रमुखमा कांग्रेसको बहुमत रहेका कारण भट्टराई अब समन्वय समितिको सभापति बन्ने पक्कापक्की जस्तै भएको छ । कांग्रेसको एकल बहुमत रहेका कारण पनि अबको समन्वय सभापति भट्टराई बन्ने भएका हुन् ।

जिल्लाबाट तीन जनाको नाम पठाउँदा पार्टीको कोशी प्रदेश कार्यसमितिले सर्वसम्मत भट्टराईलाई छनोट गरेको कांग्रेस ओखलढुंगाका प्रवक्ता प्रदीप बानियाले बताए । भट्टराईका नाममा जिल्लामै सहमतिनजिक पुगिएको र प्रदेशबाट निर्णय भएको जानकारी बानियाले दिए ।

भट्टराई शिक्षकको जागिर छाडेर राजनीतिमा लागेका नेता हुन्। २०७४ को स्थानीय चुनावमा चिशंखुगढी गाउँपालिमा अध्यक्षको टिकट पाए पनि पराजित भए । २०७९ मा वडा सदस्यमा चुनाव जितेका थिए ।

ओखलढुंगाको जिल्ला समन्वय समितिको सभापति निर्वाचित डिल्लीराम खनालको एक वर्षअघि निधन भएको थियो । रिक्त रहेको समन्वय समितिको सभापति पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

ओखलढुंगामा समन्वय समितिको सभापति चयनका लागि स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष तथ उपाध्यक्ष गरेर १६ मत रहेको छ । कांग्रेस एक्लैको ९ मत हुन्छ । अरु सबै दल मिल्दा पनि ७ मात्रै हुन्छ ।

सबै दल एक ठाउँमा उभिदा पनि भट्टराईले २ मत बढी ल्याउँछन् । त्यसो हुँदा मंसिर १६ गते समन्व्य समितिको सभापति चयनका लागि प्रक्रिया पूरा गर्न मात्रै उपनिर्वाचन हुने भएको छ ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.