
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ जना बालबालिकाको उद्धार गरेको छ । त्यो उद्धार दुई दिनमा भएको हो ।
श्रम र असुरक्षित बालगृहबाट उद्धार मंगलबार तथा बुधबार बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार काठमाडौं–१ स्थित खाजा घरबाट जोखिमपूर्ण श्रममा लगाइएका १४ वर्षीय बालकलाई मंगलबार उद्धार गरिएको हो ।
काठमाडौं–२ को खुर्सानीटारस्थित बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाम राखिएका १० जना बालक र एकजना बालिकाको उद्धार गरिएको जानकारी महानगरले दिएको छ । महानगरको हटलाइन नम्बरमा बालबालिका जोखिममा रहेको सूचना प्राप्त भएको थियो ।
त्यसपछि पुगेको महानगरको टोलीले बालबालिकाको उद्धार गरेको हो । जोखिममा परेका बालबालिकाको उद्धारमा काठमाडौं महानगर सक्रिय भएर लागेको छ ।























