
कैलाली। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचमा जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका विषयलाई लिएर सहमति भएको छ ।
आगामी उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाउने र कांग्रेसलाई सहयोग गर्ने सहमति भएको हो । कांग्रेसले जिसस प्रमुखमा टीकाकुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । टीका कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमाले नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् । समन्वय प्रमुख पदम कलेलको २०७९ साल पुस २३ गते निधन भएको थियो ।
कलेलको निधनसँगै जिसस प्रमुख रिक्त थियो । कैलालीमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् ।

























