उजुरी छानबिनपछि उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदै

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ४, मंगलबार ०६:५२

विराटनगर । स्थानीय तहको आगामी उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाको उजुरी छानबिनपछिको नामावली प्रकाशन आज (मंगलबार) साँझ गरिँदै छ ।

निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकेको थियो । परेका उजुरीमाथि जाँचबुझ गर्न सोमबार दिउँसो ३ बजेपछि मंगलबार दिउँसो ४ बजेसम्मको समय छ ।

उजुरीउपर जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । मंसिर २ गते आइतबार मनोनयन दर्ताको समय छुट्याइएको थियो ।

स्थानीय तहको आगामी उपनिर्वाचनमा ४४ पदका लागि लागि ४ सय १० जनाको उम्मेदवारी परेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गाउँपालिका र नगरपालिकाको वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरूष र १ अन्य गरी ३ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची बुधबार छ । उपनिर्वाचन मंसिर १६ गते हुने छ ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.