कोशीका पूर्वमन्त्री अधिकारीसहित ९ जनाको पुनः म्याद थप

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ४, मंगलबार २१:२५

काठमाडौं । अनुसन्धानका क्रममा हिरासतमा रहेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनाको मंगलबार पुनः म्याद थप भएको छ ।

नेकपा (एमाले)का प्रदेशसभा सदस्यसमेत रहेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार र किर्ते अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सबै जनालाई अरु ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन काठमाडौं अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थप म्याद दिएको हो ।

यसअघि कात्तिक २७ गते अदालतले ७ दिनको म्याद दिएको थियो । सरकारको स्वीकृति नलिइकन जापान भ्रमणमा गएर विवादमा परेका अधिकारीमाथि मावन तस्करी गरेको गम्भीर आरोप लागेको छ ।

उनी कात्तिक ११ गते जापान उडेका थिए । त्यो भ्रमण विवादमा परेपछि उनले आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका थिए । उनकै पार्टीले पनि सबै जिम्मेवारीबाट तत्काललाई निलम्बन गरेको छ ।

उनलाई कात्तिक २५ गते आइतबार प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरेर काठमाडौं लगेको थियो । यो प्रकरणमा हालसम्म मन्त्री अधिकारीसहित ९ जना पक्राउ परिसकेका छन् । जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई र नवीन राईमाथि अनुसन्धान भइरहेको हो ।

कोशीका निवर्तमान मन्त्री अधिकारीको घरमा प्रहरीको घेरा

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.