
विराटनगर । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् ।
गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन् ।
मंसिर ४ गतेबाट सुरु तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि बिहीबार मतदान भएको थियो । ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । अध्यक्षमा निर्वाचित भएका ढुंगाना १० बुँदे पक्षका हुन् । उनी पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।
एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए । सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । महिला उपसचिव तारा ढकाल निर्वाचित भइन् । अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

























