
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत गरेको छ ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् । मंसिर १३ गते चीन जाने तयारी छ ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाने छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाने छिन् ।

























