कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने प्रधानमन्त्रीको घोषणा

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार १६:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई समेत सामाजिक सुरक्षाको दायरामा समेट्ने घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा भत्ता पाउने गरी कोषमा आवद्ध हुने व्यवस्था मिलाइने बताए । ‘अस्थायी, ज्यालादारी र करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नुपर्छ । केही दिन मात्र सेवा गरे पनि यो नियम लागू गर्नुपर्ने छ । यसरी थोरै भए पनि उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ,’ उनले भने ।

ओली वैदेशिक रोजगारीमा गएका सबै युवालाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । देशबाहिर रोजगारीमा रहेका २५÷२६ लाख युवालाई कोषमा जोडेर उनीहरूको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

सरकारले जनताको सुख, समृद्धि र सुरक्षाको उद्देश्य राखेको बताउँदै सामाजिक सुरक्षा कोषले त्यसको ग्यारेन्टी गर्ने उनको भनाइ छ । सबैको अन्तिम चाहना सुख भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका निम्ति राज्यले काम गर्ने दाबी गरे ।

सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने उनको घोषणा छ । ओलीले ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र १ लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा गरेका छन् ।

ओलीले मुलुकलाई गरिबी र पछौटेपन नभएको आधुनिक, विकसित र समृद्ध बनाउने दाबी गरे । ‘अहिलेको संविधान र सरकार जनताप्रति जिम्मेवार छ,’ उनले भने, ‘सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

कार्यक्रमका अवसरमा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री ओलीको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.