सत्तारुढ दल बीआरआई कार्यान्वयनको पक्षमा छन्ः गगन थापा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार १५:०२

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल काँग्रेस र एमाले ‘बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई)’ कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (बुधबार)सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले देश भित्रको साधनस्रोतले मात्र विकास गर्न नपुग्ने भएको हुँदा ठूलो पुँजी आवश्यक रहेकाले मित्र राष्ट्रहरुसँग अनुदानको अपेक्षा गरिएको स्पष्ट पारे ।

उनले बहुपक्षीय दातृ निकायबाट सस्तो र सहुलियतमा ऋण लिने पक्षमा काँग्रेस र एमाले रहेको बताए । अमेरिका, भारत, चीन, जापान जुनसुकै राष्ट्रहरुबाट पनि सस्तोमा ऋण लिन काँग्रेस र एमाले तयार रहेको उनले भने ।

सन् २०१७ मा नेपाली काँंग्रेस र नेकपा माओवादीको सरकार रहँदा तत्कालीन परराष्ट्र मन्त्री प्रकाशशरण महतले बीआरआई सम्झौता भएको थियो । योभन्दा अगाडि चीनसँग भएका दर्जनौं सम्झौताहरु भएका छन् ।

तर, कार्यान्वयन नभएकाले ती सम्झौताहरुले पूर्णता पाओस् भन्ने अपेक्षा रहेको महामन्त्री थापाले बताए । उनले काँग्रेस र एमालेबीच संविधान संशोधनको विषयमा साझा धारणा बनाउन पहल भइरहेको बताए ।

पहिले काँग्रेस र एमालेका बीचमा साझा धारणा बनाउने छौं । त्यसपछि संविधान निर्माणका क्रममा रहेका नेकपा माओवादी केन्द्र, मधेसवादी दललगायत अन्य दलहरुसँग छलफल र बहस गर्ने पनि उनले प्रष्ट पारे ।

संविधान संशोधन गर्दा कसैले पनि चाहेर पनि संविधानका मूलभूत कुराहरु संशोधन गर्न नसक्ने स्पष्ट पार्दै, महामन्त्रीले थापाले भने, ‘संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली, बहुदलीय व्यवस्था, संसदीय व्यवस्था परिवर्तन गर्न सक्दैनन् । सत्तारुढ दल विकासका सवालमा एक रहेको छ । बाहिर आएको हल्ला जस्तो वास्तविकता छैन ।’

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.