कांग्रेस कोशीको पहिलो सम्मेलन मंसिर तेस्रो साता

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १३, बिहीबार १५:०९

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले पार्टीको पहिलो सम्मेलन आगामी मंसिर तेस्रो साता विराटनगरमा गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा मंसिर २२ गते पहिलो सम्मेलन प्रदेश राजधानी विराटनगरा गर्ने निर्णय कांग्रेसले गरेको हो । सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर गाउँकार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु सहभागी हुने पार्टीको प्रदेश महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा प्रदेश समितिको दुई बर्से कार्यकालको समीक्षा हुनेछ । कांग्रेस प्रदेश समितिले पुस १६ गतेदेखि सात महिने सांगठनिक जागरण अभियान पनि सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय मेलमिलाप दिवस र सहिद दिवसको अवसर पारेर नेपालको होचो स्थान झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म सात महिने सांगठनिक जागरण अभियान सञ्चालन गरिने सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार १ महिनामा २ वटा जिल्लाका दरले अभियान सञ्चालन गर्ने तयारी छ ।

कार्यतालिका बनाएर अभियान सञ्चालन गर्ने गृहकार्य भइरहेको थापाको भनाइ छ । प्रदेश समितिको बैठकले पार्टीको पहिलो प्रदेश सम्मेलन र जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.