
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी १७ गते चीन भ्रमणमा जाने भएका छन् । उनको भ्रमण बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
भ्रमण टोलीमा ७९ जना रहने छन् । सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना टोलीमा हुने छन् ।
सरकारी खर्चमा प्रधानमन्त्री, सांसद, सरकारी अधिकारी चीन भ्रमणमा जाने भएका हुन् । टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह रहेका छन्।
सांसदहरू श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ चीन जाने भएका हुन् ।
त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी जाने छन् ।
परराष्ट्र मन्त्रालयका सिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाललगायत रहेका छन्।

























