ग्रामथान उपनिर्वाचन : ‘माैन अवधिमा कांग्रेसकाे सम्मेलन’

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १७:४६

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेसले सम्मेलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ ।

ग्रामथान गाउँपालिका वडा नम्बर – ६ मा आज बिहान सम्मेलन गरेको भन्दै रास्वपाले उजुरी गरेको हो ।

ग्रामथानमा भएको भेलामा कांग्रेस नेता गुरुराज घिमिरे सहभागी थिए । निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाकाे आरोप छ ।

कांग्रेस नेताहरु भेला भएको स्थानकाे भिडियाे खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपात पनि गरेका थिए ।

रास्वपाबाट आध्यक्षका उम्मेदवार नविन विश्वासले माैन अवधिकाे समयमा आफ्नाे घर नजिकै कांग्रेसले  भेला गरेपछि उजुरी गरेको दाबी गरे । भेलाको भिडियो खिच्न खोज्दा आफ्नो  पार्टीका सदस्यमाथि हातपात भएको उनले बताए ।

‘निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना बस्नु आचारसंहिता विपरीत भयो,’ उनले भने,‘ भेला गरेपछि हाम्रो पार्टीका सदस्यले निर्वाचन आचारसंहिता विपरीत भयो भन्दा हातपात गरियो ।’ घटनापछि उजुरी गरेकाे उनले बताए । रास्वपा कार्यकर्ताले भेलाकाे समयमा कांग्रेसले पैसा पनि बाँडेकाे आराेप लगाएका छन् ।

नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले  पार्टीकाे कुनै सम्मेलन नभएको दाबी गरे । पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको उनले बताए ।

‘२०८० सालको वडा सम्मेलनको ब्यानर यहाँ टागिरहेको छ । उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने खालको केही ब्यानर छैन,’ उनले भने,‘ यो हाम्रो वडा कार्यालय हो । वडा कार्यालयमा बसेर ‘वर्क डिभिजन’ गरिरहेका थियौं ।’

सहायक निर्वाचन अधिकृत राजराज पौडेलले रास्वपाले उजुरी गरेपछि उजुरीमाथिको कारबाही सुरु भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.