
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेरै आफ्नो चीन भ्रमणका बारेमा जानकारी दिएका छन् ।
औपचारिक चीन भ्रमणको जानकारी दिन प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । राष्ट्रपतिले प्रधानमन्त्रीलाई चीन भ्रमणको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्दै छन् । परराष्ट्रमन्त्री राणा चीन भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएकी हुन् ।

























