
विराटनगर । कोशी प्रदेशमा हिजो (शनिबार) दिनभर १५ वटा दुर्घटना भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सबैभन्दा धेरै मोरङमा ८ वटा सवारी दुर्घटना भएका छन् । सुनसरीमा ३, झापा, पाँचथर, तेह्रथुम र उदयपुरमा १/१ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर २७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । सबैभन्दा धेरै मोटरसाइकलका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तो छ विभिन्न ठाउँमा भएका दुर्घटनाको विवरण























