झोलुंगे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १४:१२

रोल्पा । झोलुंगे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर आइतबार बिहान रोल्पामा ५ जनाको मृत्यु भएको छ । बिहान ९ः३० बजेतिर माथिबाट खसेको ढिस्कोले पुरिएर पर्खाल लगाइरहेकामध्ये ३ पुरुष र २ महिलाको मृत्यु भएको हो ।

मृत्यु भएकाहरु सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुंगे पुल निर्माणमा खटिएका थिए । घटनामा परेर २७ वर्षीया आइती परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, ४५ वर्षीय दुजमन परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एलबी एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले पुल निर्माणको काम गरिरहेको छ । पर्खाल निर्माणमा ७ जना खटिएका थिए । २ जनाले भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम लिबाङबाट २८ कोष पूर्वमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.