
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।
याे वडामा २०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो ।
उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार सिंह ३४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत पाए ।

























