ग्रामथानमा माओवादी केन्द्रका उम्मेदवारकाे जित निश्चित, घाेषणा हुन बाँकी

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार ०७:४९

विरराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जितनजिक पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादीका उम्मेदवार नमोनारायण माझीले ६ हजार २७६ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा (एमाले) तुलसीराम विश्वसाले ३ हजार २६६ मत पाएका छन् ।

ग्रामथानमा नमोनारायण माझीले दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारसँग १ हजार ४८५ मतको अग्रता बनाएका छन् । माओवादीका नेता कुलश लिम्बूले माझीको जित निश्चित भएपछि मतगणनास्थल आसपास कार्यकर्ताले खुसीयाली मनाइरहेको जानकारी दिए ।

ग्रामथानमा अब २ हजार ३८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे  ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.