
विराटनगर । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । ६९६९ मतसहित विजयी भएका हुन् । माझी विजयी भएपछि माओवादी केन्द्रका कार्यकर्ताले खुसियाली मनाइरहेका छन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित माझीले सबैसँग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउने बताए । ‘हिजो म पार्टीको नेता थिए, आज जनताको नेता भए, जनप्रतिनिधि भए,’ उनले भने,‘ एमाले, कांग्रेस मतलब छैन, सबै मेरा लागि बराबर हो, सबैसँग समन्वय गरेर अघि बढ्छु ।’


























