प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १३:३३

काठमाडौं । चीनको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गरेका छन् ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन गएका प्रधानमन्त्री ओली आजै साँझ ६ः१० बजे राजधानी बेइजिङ पुग्नेछ ।

यस भ्रमणले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता रहेको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा ८ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये २ सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् ।

प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली चीन प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.