
रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादी उम्मेदवार नरपुरा बुढा ३ हजार ६ सय २७ मतसहित निर्वाचित भएकी हुन् ।
त्यहाँ कांग्रेस–एमाले गठबन्धनबाट नेकपा (एमाले)की केशकुरमारी तुलाचन उम्मेदवार थिइन् । कांग्रेसको चुनाव चिन्ह रूख लिएर प्रतिस्पर्धामा उत्रिएकी तुलाचन २ हजार १ सय २८ मतमा सीमित भइन् ।
२०७९ मा माओवादीबाट भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । दुर्घटनामा परेर उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

























