ग्रामथानका अध्यक्षको पहिलो निर्णय : निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १९, बुधबार १७:२२

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले बुधबार निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय उनले गरेका हुन् । अहिलेसम्म गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिन सकेको थिएन ।

माझीले पालिका परिसरमा बुधबार शपथ लिएलगत्तै अध्यक्षको पदभार ग्रहण गरेका छन् । ‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिकाभित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरुलाई समेत आजकै मितिबाट एम्बुलेन्स सेवा पूर्ण रुपमा उपलब्ध गराउने निर्णय गर्दछु,’ उनले गरेको नियर्णयको व्यहोरा सुनाउँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले भने ।

माझीलाई बुधबार नै मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्वप्रदेशसभा सांसद कूलप्रसाद साम्बालगायतको उपस्थित थिए ।

शपथग्रहणपछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको इच्छा र आकांक्षा अनुरुप आफू अगाडि बढ्ने बताए । जनताले कुनै गुनासो लिएर पालिकामा धर्ना दिन वा आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन उल्लेख गर्दै उनले जनतासँगै काम गर्ने प्रतिबद्धता पनि जनाएका हुन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.