माओवादीको निष्कर्ष : २०८४ को आधार उपनिर्वाचनको नतिजा

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १२:००

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचन २०८४ को आधार भएको निष्कर्ष निकालेको छ ।

उपनिर्वाचनबाट प्राप्त नतिजाले हौसिएको माओवादीले २०८४ मा एक्लै चुनाव लड्ने आधार तयार भएको निष्कर्ष निकालेको हो । बिहीबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा उपनिर्वाचनको समीक्षा भएको थियो ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको बताए । उपनिर्वाचनबाट माओवादीले १ अध्यक्ष, ३ उपप्रमुख र ७ वडाअध्यक्षसहित ११ स्थान जितेको छ।

बैठकमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा, पालिका सम्मेलन र खबरदारी सभालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी सापकोटाले दिए । पालिका सम्मेलन र खबरदारी सभामा पार्टी केन्द्रित रहने उनले बताए ।

अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टीले २०८४ को चुनावका लागि तयारी थाल्ने सापकोटाको भनाइ छ । उनले विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाउँदै सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउनतिर लागेको आरोप लगाए।

‘सरकारले विद्युत प्राधिकरणले गरिरहेको काममा अवरोध सृजना गर्ने काम गरेको छ। सरकारले बिचौलिया जोगाउने, भ्रष्टाचारीहरूलाई बचाउने काम गरिरहेको छ। जनताहरू विभिन्न समस्यामा परेका छन् । सरकारको कामकारबाहीमाथि निगरानी तथा खबरदारी गर्छौं,’ उनले भने । त्यसका लागि आगामी बस्ने स्थायी समिति र केन्द्रीय समिति बैठकमा छलफल गरी एजेण्डा बनाएर अघि बढ्ने सापकोटाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.