प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्तो छ उपलब्धि (पूर्णपाठ)

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार २०:०३

काठमाडौं । चीनको ४ दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) स्वदेश फर्किएका छन् ।

उनको भ्रमणका क्रममा चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा गरेको छ। ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले चीनका राष्ट्रपति सि चिनफिङले ५ सय मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड थप अनुदान दिने घोषणा गरेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चीन सरकारका तर्फबाट विक्रम संवत २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब नेपाली रुपैयाँ २ अर्ब ७० करोड)का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान ५ सय मिलियन (करिब नेरू ९ अर्ब ३४ करोड) घोषणा भएको छ।’

भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । त्यसमा १० आयोजनाहरु छन्। ओलीले भ्रमणका क्रममा भएका सम्झौता र समझदारी पत्रले नेपाल र चीनबीचको आर्थिक सहयोग एवं विकास साझेदारीलाई थप गति प्रदान गर्ने विश्वास व्यक्त गरे।

ओलीले भ्रमणका क्रममा द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेको र यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताए । उनले चीनसँग ऋण सम्झौता नभएको स्पष्ट पारेका छन् ।

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणपछि जारी गरिएको विज्ञप्तिको पूर्णपाठ

 

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.