
विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थिति कोइराला निवास पुगेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर आएका देउवा शनिबार बिहान कोइराला निवास पुगेका हुन् ।
यो घर स्वर्गीय कृष्णप्रसाद कोइरालाको हो । अहिले उनका नाति डाक्टर शेखर कोइरालाको भागमा छ ।
मातृका अर्का नाति सशांक कोइरालासँग कोइराला निवास पुगेर उनी केही समय बरन्डामा बसेका थिए ।
उनी पुग्दा डाक्टर शेखर कोइराला घरमा थिएनन् । कोशी प्रदेश सम्मेलनमा दोस्रो वरियता नपाउने भएपछि सम्मेलन बहिष्कार गर्दै चितवन पुगेका छन् ।

























