शेखरकाे बहिष्कार बारे सिटाैलाले भने,‘यहीँ कुरा उठाइदिएको भए हुन्थ्यो’

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार १४:०६

विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेता शेखर कोइरालाले प्रदेश समितिको पहिलो सम्मेलन बहिष्कार गरेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्मेलनको उद्घाटन शत्रमा बोल्दै उनले शेखर कोइरालाले सम्मेलन छाड्दा दुःख लागेको बताएका हुन् ।

‘ पार्टीमा वृहत एकता चाहिन्छ, यसको विकल्प नै छैन, तर पार्टी एकताका नाममा हामीले हाम्रा कुरा राख्ने ठाउँमा नबसेर बाहिर गयो भने त्यसले झन समस्या हुन्छ,’ उनले भने ।

‘मेरा प्रिय साथी शेखरले यहीँ कुरा उठाइदिनु भएको भए हुन्थ्यो, के कारणले छाड्नुपर्ने हामीलाई थाहा हुन्थ्यो, हामी निर्णयमा पुग्न सक्थ्यौं,’ उनले भने, ‘केन्द्रीय समितिमा राखे पनि हुन्छ । त्यहाँ छलफलको विषय बन्छ, विधानले समाधान दिने हो, कुरा के हो त  प्रष्टसँग हामी सबैले थाहा पाउने गरी राख्नु उचित हुन्छ ।’

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरे ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.