सबैलाई ठाउँ र मान चाहिन्छ : गगन थापा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार १५:३१

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले  पार्टीमा सबैलाई ठाउँ चाहिने बताएका छन् । उनले नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानु पर्ने बताए । कोशी प्रदेश सम्मेलनको उद्घाटन शत्रमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

‘पार्टी भित्र एकता अनिवार्य छ,पार्टी भित्र सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ उनले भने,‘ पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ, सबैलाई ठाउँ चाहिन्छ, सबैको मान चाहिन्छ, जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ, किन कि हामी सबै खालका छौं नि त ।’

काेशी प्रदेश सम्मेलन नेता शेखर काेइरालाले बहिष्कार गरे । पाेर्टफाेलियाेमा कुरा नमिलेपछि उनले बहिष्कार गरेका हुन् । काेइरालाले बहिष्कार गरेपछि थापाले पार्टीमा सबैलाई ठाउँ चाहिने बताएका हुन् ।

चुनावको विषयलाई लिएर झगडा गर्न नहुने बताउँदै उनले सबैलाई मिलाएर लैजानुपर्ने बताए ।  पार्टी भित्र विवाद पनि हुने बताउँदै उनले सबैलाई मिलाएर लैजाने विषय अनिवार्य रहेकाे बताए । ‘पार्टी भित्र सबै मिलाउ,’ उनले भने,‘ यो सम्मेलनपछि सबै एकताबद्ध भएर अघि बढ्छौं भन्ने विश्वास छ ।’

उनले डाक्टर शेखर कोइरालाले विराटनगरमा आयोजना गरेको गुट भेलाका विषयमा असन्तुष्टि जनाए । अन्य क्षेत्रमा भेला गर्न पाउने बताउँदै उनले पार्टीले संयोजन नगरी कार्यक्रम गर्न नहुने बताए । ‘यसरी संयोजन नगरी गरियो भने भोलि विराटनगरको वडाले सबै वडा अध्यक्षको भेला गर्याे भने विराटनगर महानगर समितले के भन्छ, मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति  ल्याएर गर्छु भन्यो भने त्यो गर्न पाइन्छ भन्ने कि पाइदैन ?’ उनले भने,‘ केन्द्रीय कार्यालयले भनेको त्यति मात्रै हो ।’

उनले पार्टीका नेताले मिसन २०८४ को बहाना आवश्यक नरहेको बताए । उनले पार्टी सरकारमा रहेकाले अहिलेदेखि नै काम गुर्नपर्ने बताए । ‘पार्टी एकातिर सरकार एका तिर भएर होइन, एकिकृत भएर जनतासम्म जान सक्यौं भने ०८४ आफैं हाम्रो पोल्टामा आउँछ,’ उनले भने,‘ ८४–८४ भन्दै भन्दै कराएर आउँदैन । नागरिकको मन जित्न सक्यो भने ०८४ आउँछ ।’

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.