यसरी गरे प्रधानमन्त्रीले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार १६:५६

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीमा बनेकाे दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।

दमककाे मुख्य बजार क्षेत्रबाट ४ किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।


तस्बिर : प्रधानमन्त्रीको सचिवालय

clockप्रकाशित मिति:  २०८१ मंसिर २३, आइतबार १६:५६
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.