
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालयमा आज बस्दै छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएका छन् । सोमबार (आज) बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।


























