ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ८, सोमबार १६:३१

काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् । आज (सोमबार) बसेको समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने, ‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ ।’ भट्टराईले लेखा समिति सुशासन र ’चेक एन्ड ब्यालेन्स’का लागि पनि बनेकाले आर्थिक रूपमा प्रष्ट हुनुपर्ने बताए । ’यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रष्ट बनाई दिनुस्,’ उनले भने ।

पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन्। तर, अहिले उनी फरार छिन् । कोइरालासहित २५ जनाविरुद्ध गत पुस २ गते जिल्ला अदालत, मोरङबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.