
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध तीन वटा अभियोग दर्ता भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको हो ।
जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि सभापति लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको सचिवालय बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

























