
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी र मधेश प्रदेश सभापतिले पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टी जिम्मेवारीमा फर्काउन माग गरेका छन् ।
ढकाल पार्टीबाट निष्कानमा परेका थिए । पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले केन्द्रीय कार्यालयमा महामन्त्रीमा ढकाललाई फिर्ता ल्याउन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’ पत्रमा भनिएको छ,‘ एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ ।’

























