विराटनगरमा भीम रावललाई दुर्गा प्रसाईंका समर्थक र नेकपा एसको स्वागत

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २०, शनिबार १५:१६

विराटनगर । ‘मातृभूमि जागरण अभियान’का संयोजक डा. भीम रावललाई विराटनगर विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताले शनिबार स्वागत गरेका छन् ।

नेकपा (एमाले)बाट निकालिएपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका छन् । त्यसै सिलसिलामा उनी पूर्व आएका हुन् । श्री एयरलाइन्सको जहाजबाट बिहान ११ः२० बजेतिर विराटनगर आइपुगेका रावलको स्वागतका लागि राजवादी (दुर्गा प्रसाईंका समर्थक) र नेकपा एसका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।

उनको स्वागतका लागि नेकपा एसका केन्द्रीय सदस्य ओसिम आलमसहितका नेता कार्यकर्ता विमानस्थल गएका थिए । उनकै स्वागतका लागि दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक बचाउ महाअभियानका संस्थापक केन्द्रीय सदस्य सतिश पोखरेललगायत पनि विमानस्थल पुगे ।

विमानस्थलमा उत्रिनेवित्तिकै रावललाई नेकपा एस र प्रसाईंका समर्थकले फूल, रुद्राक्षको माला, अविर लगाएर स्वागत गरेका हुन् । स्वागतका क्रममा प्रसाईंका कार्यकर्ताले ‘जय देश, जय नरेश’का नारा लगाएका थिए ।

भीम रावलनिकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि नेकपा एसका युवा नेताहरुलाई बोलाइएको थियो । तर, राजतन्त्रको पक्षधर पोखरेलसमेत आफ्ना केही सहयोगीसहित पुगेका थिए । नेकपा एसका नेता कार्यकर्ता र राजवादीले एउटै लहरमा बसेर रावललाई स्वागत गरे ।

प्रसाईंको महाअभियानका संस्थापक केन्द्रीय सदस्य पोखरेलले राष्ट्रवादी नेताका रूपमा रावललाई स्वागत गरिएको जानकारी दिए । ‘उहाँ (रावल)लाई राष्ट्रवादी अभियन्ताहरुका तर्फबाट भव्य स्वागत गरियो । उहाँ पार्टीले नचिने पनि देश र जनताले चिनेको देशभक्त नेता हो,’ पोखरेलले भने, ‘देशका लागि अपरिहार्य नेताका रुपमा स्वागत गरिएको छ । निकट भविष्यमा नेपालका सबै अभियन्ताहरु र राष्ट्रवादी एक भएर अघि बढ्ने तयारी छ ।’

पोखरेल मुलुकमा राजसंस्था फर्काउनुपर्ने अभियानमा छन् । उनी यसअघि शिव सेना नेपाल मोरङको अध्यक्षसमेत थिए । रावलले भने मोरङ र सुनसरीमा समर्थक एवं शुभचिन्तकलाई भेटघाट गर्ने बताइएको छ ।

रावलले उद्घाटन गर्ने भनिएको फुटबल स्थगित

सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने भनिएको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भरौल भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन रावलबाट गराउने तयारी थियो । तर, उक्त प्रतियोगिता भने तत्काललाई स्थगित गरेर २ दिन पछिका लागि सारिएको छ । आयोजकले अन्तिम समयमा आएर प्रतियोगिता स्थगित गरेको छ । सोमबारबाट प्रतियोगिता सुरु गर्ने निर्णय बिहीबार नै भएको थियो ।

तर, रावल विराटनगर विमानस्थलबाट भरौल भेट्रान कप फुटबल आयोजकको गाडी चढेर सुनसरी गएका छन् । फुटबल आयोजनास्थलमा पुगे । तर, फुटबल नहुने भएपछि समर्थकलाई सम्बोधन गरेर फर्किएको उनीनिकट स्रोतले बतायो ।

भरौल भेट्रान फुटबल क्लबका अध्यक्ष पूर्वराष्ट्रिय खेलाडी विमल कार्की हुन् । उनले खेल मैदान मर्मत तथा व्यवस्थापनमा समस्या भएकाले तोकिएको समयमा प्रतियोगिता उद्घाटन गर्न नसकिएको बताए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.