कालिकोटे खड्काको अध्यक्षमा कुमारबहादुर र महासचिवमा रेतबहादुर

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २०, शनिबार २२:०३

विराटनगर । कालिकोटे खड्का क्षेत्री वंश उत्थान सेवा समितिको अध्यक्षमा कुमारबहादुर खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न पाँचौं महाधिवेशनले खड्काको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । समितिको कार्यकाल ३ वर्षको हुने छ । २१ सदस्यीय समितिमा अरु ३ जना सदस्य पछि मनोनित गरिने छ ।

समितिको उपाध्यक्षमा महेन्द्रबहादुर खड्का, तेजकुमार खड्का र पूर्णकुमार खड्का चयन भएका छन् । महासचिवमा रेतबहादुर खड्का तथा सचिवहरुमा कोपिला खड्का, गणेशबहादुर खड्का र बलबहादुर खड्का चुनिएका छन् । यादवकुमार खड्का कोषाध्यक्ष र गंगाबहादुर खड्का सहकोषाध्यक्ष भए ।

सदस्यमा नारायण खड्का, अभिमन्यू खड्का, पूर्णबहादुर खड्का, शान्तिसुन्दर खड्का, कमला खड्का, देवेन्द्र खड्का, प्रेमबहादुर खड्का र थिरबहादुर खड्का चयन भएका छन् । महासचिव रेतबहादुर खड्का अनुसार नयाँ कार्यसमितिको पहिलो बैठक शनिबार नै बसेको छ ।

यसअघि समितिको अध्यक्ष प्रेमबहादुर खड्का थिए । उनी नेतृत्वको समितिको ३ वर्षे कार्यकाल सकिएसँगै शनिबार पाँचौं महाअधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । महाधिवेशनको उद्घाटन खड्का महासमाजका पूर्वअध्यक्ष भक्तबहादुर खड्काले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.