
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई उत्पादनसँग जोडने नीति लिएका छन् ।
आइतबार सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन मार्फत प्रचण्ठले नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने नीति लिने बताएका हुन् ।
उनले नेता कार्यकर्ताको आम्दानी र आम्दानीको स्रोतबारे व्यवस्थित र सैद्धान्तिकरण गरिने उल्लेख गरेका छन् ।
नेता कार्यकर्ताको आर्थिक स्रोतलाई पारदर्शी बनाउनका लागि उत्पादनसँग जोडिनुपर्ने बताउँदै उनले आम्दानी र व्यवसाय पनि पारदर्शी हुनुपर्ने उल्लेख गरेका छन् ।
प्रचण्डले पार्टीभित्र व्यक्तिवादी अराजकता पनि मौलाएको उल्लेख गरेका छन् । व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई पनि अप्ठ्यारो परिरहेको उनको भनाइ छ ।
प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताए ।

























