एमालेको बैठक : यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार १८:४४

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको उल्लेख गरेका छन् । पार्टी केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै संकटमा पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको प्रष्ट पारेका छन् ।

मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्न एमाले र नेपाली कांग्रेसबीच सहकार्य गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । ‘राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै संकटमा पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौं,’ प्रतिवेदनमा भनिएको छ ,‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरु विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिष्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौं।’

प्रतिवेदनमा लामो समयदेखि न्याय र परिपूरणको पर्खाइमा रहेका पीडितहरूको घाउमा मल्हम लगाउँदै समाजमा दिगो मेलमिलाप, दण्डहीनताको अन्त्य र दिगो शान्तिको आधार तयार गरियोस् भन्ने चाहना एमालेको रहेको उल्लेख छ । लामो समयदेखि उपेक्षामा परेको र राजनीतिक दाउपेचको विषय बनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक’लाई संसदबाट सर्वसम्मत रुपमा पारित गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

एमालेले नयाँ सरकार गठन भएपश्चात मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको निष्कर्ष एमालेको छ । पुँजीबजारमा सकारात्मक सुधार हुँदै गएको एमालेले जनाएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको एमालेको ठहर छ।

‘वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ। पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ। गतः वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको छ । निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.