झापाको कचनकवलबाट कांग्रेसको जागरण अभियान सुरु

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २४, बुधबार १५:३७

झापा । नेपाली कांग्रेस कोशी प्रदेशले बुधबारदेखि ‘कचनकवल–सगरमाथा जागरण’अभियान सुरु गरेको छ ।

सबैभन्दा होचा स्थान झापाको कचनकवल स्तम्भबाट सुरु भएको अभियान विश्वको अग्लो चुचुरो सगरमाथामा पुगरे समापन हुनेछ ।

जागरण अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन हुने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जानकारी दिए ।

उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार, जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्देश्यका साथ अभियान सुरु गरेको बताए । अभियान ७ महिनासम्म चल्ने छ ।

अभियानले प्रदेशका १४ वटै जिल्लामा कार्यक्रम गर्ने छ । कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गर्दै, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने अपेक्षा रहेको सभापति थापाले बताए ।

जागरण अभियानले संगठन सुदृढीकरण, पार्टीमा देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई थप मजबुत र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाले विश्वास लिएको बताए ।

जागरण अभियानको उद्घाटनका क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.