पत्रकार महासंघ मोरङ र न्यूरो अस्पतालबीच सम्झौता

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष २४, बुधबार १८:०८

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता गरेको छ ।

आज (बुधबार) न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङबीच थप ३ वर्षका लागि सम्झौता गरिएको हो ।

अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाईसमेत), निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा ( विराटनगरभित्रका पत्रकारका लागि), निःशुल्क प्याथोलोजी सेवा (यस सम्बन्धी सबै जाँचहरू), निःशुल्क एक्सरे, अल्ट्रासाउण्ड, इसिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवाहरु उपलब्ध गराउने छ ।

५० प्रतिशत छुटअन्र्तगत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर), सबै प्रकारका शल्यक्रियाहरू, आइसियू, सिसियू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज, फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए ।

उनका अनुसार पत्रकारका आश्रित परिवारलाई ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवाहरु दिने गरी सम्झौता भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरू र महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई न्यूरो हस्पिटलले उपचार सेवा प्रदान गर्ने छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×