सत्ता गठबन्धनबीचको सात बुँदेमा ग्रहण लाग्दैः उपसभापति गुरुङ

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १८:३०

विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति खण्डित भएमा देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुने बताएका छन् ।

सरकार बन्नुअघि भएको सात बुँदे सहमतिमा ग्रहण लाग्न थालेको उपसभापति गुरुङले विराटनगरमा नेपाल प्रजातन्त्र सेनानी संघको कोशी प्रदेश स्तरीय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बताएका हुन् ।

जुन सहमतिका आधारमा कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको छ । त्यसका विरुद्धमा बोल्दा लोकतन्त्र नै धरापमा पर्ने संकेत उपसभापति गुरुङले गरे । उनले सात बुँदे सहमतिमा खग्रास ग्रहण लाग्ने अभिव्यक्ति दिनुले देशमा संकटको परिस्थित सिर्जना हुनेमा जोड दिए ।

उनले एमालेले माओवादीलाई, माओवादीले एमालेलाई, कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसका नेताहरुप्रति गरेको सत्तोसराप र खुइल्याउने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने स्पष्ट पारे ।

राज्य सत्ताका लागि झिनाझाम्टी गरिरहने तर राज्य सत्ता प्राप्त गरेको भोलिपल्टदेखि त्यहीँ बसेर तिर हान्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उनले लोकतन्त्रका सत्रुहरु पहिचान गर्न आवश्यक रहेको बताए ।

लोकतन्त्रका सत्रुहरु गरिबी, भ्रष्टाचार, अभाव, शोक, भोक, अशिक्षाका विरुद्धमा गोलबन्द भएर सम्पूर्ण पार्टीहरु लाग्नु पर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.