
काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जलपान कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन् ।
राप्रपाले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल पनि सहभागी भए ।
कार्यक्रममा सभामुख देवराज घिमिरे,परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत विभिन्न दलका नेताहरु सहभागी थिए ।
सहभागीहरुले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै जलपान कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरे । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा पनि सहभागी भएका थिए ।

























