
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्षा सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले माघ ७ गते अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने संवैधानिक प्रावधान छ ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले मन्त्रीपरिषद बैठकले माघ ७ गते दिउँसो २ बजे बस्ने गरि बैठक आह्वानका लागि सिफारिस गरेको जानकारी दिए ।

























