
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिना नै मधेस केन्द्रित मोर्चा बनाउने कसरत सुरु भएको छ ।
यस विषयमा मधेस केन्द्रित दलका नेताहरुबीच मंगलबार धुम्बाराहीमा छलफल चलिरहेको छ । मधेस केन्द्रित दलहरुको बैठकमा जसपा सहभागी छैन । बैठकमै अनुपस्थित भएपछि जसपा नेपाल बिना नै मधेस केन्द्रित मोर्चा बनाउने तयारी गरिएको एक नेताले बताए ।
उनका अनुसार मधेस केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक बोलाइएको र त्यसमा जसपा सहभागी नभएको हो । बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपा लगायतका दलका नेताहरु सहभागी छन् । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह सहभागी भएको एक नेताले बताए ।

























