
काठमाडौं । मधेश केन्द्रित ६ दलका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन तयारी गरेपछि मधेशका मुद्दामा साझा धारणा बनाउने र मोर्चा गठन गर्ने भन्दै बोलाइएको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
बैठकमा सहभागी नेताहरुले आ–आफ्नाे दलमा छलफल गरी मोर्चा निर्माणको खाका,उद्देश्य र साझा एजेन्डा तय गर्न फेरि बैठक बस्ने बताएका छन् ।
मधेश केन्द्रीत दलहरु एकै ठाउँमा उभिनेगरी छलफल भएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।
आजको बैठकको संयोजन हृदयश त्रिपाठीले गरेका थिए ।
बैठकमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चालगायत दलका नेता सहभागी भएका थिए ।

























