प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश सत्तारुढ दलकै सहमतिमा आएको हो’

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २, बुधबार १७:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलकै सहमतिमा सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।

सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको दाबी उनको छ । सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन बुधबार ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘अध्यादेशको एउटा पनि अक्षरमा सत्तारुढ दलको असहमति छैन ।’ पूर्ण सहमतिका साथ अध्यादेशहरू आएको ओलीले बताए । नेपाली कांग्रेसको शीर्ष नेतृत्व, ब्युरोक्रेसीको नेतृत्व, विज्ञहरूको सल्लाह सुझाव, उद्यमीको समस्या सुनेर नै अध्यादेश ल्याइएको उनले बताए ।

अध्यादेशले विकास र समृद्धिलाई सहयोग गर्ने उनको दाबी छ । प्रधानमन्त्री ओलीले संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्न आवश्यक नभएको पनि उल्लेख गरे ।

प्रतिनिधिसभा सुरु भएको पहिलो दिन नै अध्यादेश संसद्‍मा प्रस्तुत गरिने उनले बताए । ६० दिनभित्र प्रतिस्थापन विधेयकहरू ल्याएर अध्यादेश पारित गरिने उनको भनाइ छ ।

अर्को प्रसंगमा ओलीले विपक्षी दलहरूको मोर्चाबन्दीको प्रयासको कुनै तुक नभएको संकेत गरे । विपक्षी दलले गर्न खोजेको मोर्चाबन्दीलाई उनले विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास भनेर भनेका छन् ।

मोर्चा बन्दैछ भन्ने सुनिरहेको बताउँदै ओलीले अधिकार प्रयोग गर्ने विषयलाई आफूले सम्मान गर्ने पनि बताए । तर, सभ्य तरिका र भाषामा गर्नुपर्ने सुझाव उनले दिए । मोर्चाका गतिविधि शान्तिपूर्ण र सभ्यतापूर्ण हुनुपर्छ भन्ने अपेक्षा रहेको ओलीको भनाइ छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.