अध्यादेश बारे प्रधानमन्त्री : संसद खुलेपछि पेश हुन्छ

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १४:४४

काठमाडौं । जनतालाई सेवा दिनका लागि  सरकारले कानूनमा संशोधन गर्न अध्यादेश ल्याएको  प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन् । उनले संसद खुलेपछि अध्यादेश पेश गर्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १५ दिनपछि हुने संसद अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जानकारी दिए ।

उनले भने, ‘जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौं । कतिपयले अध्यादेशले शासन गर्न खोज्यो भनेर विरोध गर्न खोजेका छन् । १५-२० दिनभित्र संसद आइसक्छ, त्यहाँ पेस गर्छौं, छलफल गर्छौं र अगाडि बढाउँछौं । हामी दुई महिनाभित्र टुंगो लगाइसक्छौं । महत्वपूर्ण कुरालाई दुई महिना कुर्न सक्दैनौं । काम गर्न कानून फेरेरै अगाडि बढ्छौं ।’

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.