अध्यादेश फिर्ता हाेस्, तुरुन्त अधिवेशन बोलाइयोस् : प्रचण्ड

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १९:२६

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ लगेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारले दुई ठूला दलकाे सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेलेको बताएका हुन् ।

‘छ महिनामा सरकारको क्रियाकलापले राजनीतिक दुर्घटना तर्फ लगेको छ, सदन बोलाउनुपर्नेमा अध्यादेश, त्यो अध्यादेश पनि संविधान र नियम मिचेर कानुन मिचेर ल्याइएको छ,’ उनले भने,‘संसदीय समितिमा रहेको विधेयकलाई पनि अध्यादेशमा ल्याउने कुराले सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेल्दैछ भन्ने प्रष्ट देखियो ।’

उनले अध्यादेश फिर्ता लिएर त्यसलाई विधेयकको रुपमा संसदमा पेश गर्न आग्रह गरे । सरकारले संसदकाे अधिवेशन छलेकाे बताउँदै उनले तत्काल  हिउँदे अधिवेशन बोलाउन पनि माग गरे ।

‘तुरुन्त अधिवेशन बोलाइयोस्, दुई तिहाई बहुमत छ भन्ने सरकारले सदनकै प्रक्रियाबाट गए भै हाल्यो नि,’ उनले भने,‘ अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो चाहिँ किन हिड्न पर्‍याे ।’

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.