
विराटनगर । विराटनगरमा रहेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् ।
बिहान ६ देखि ७ बजेसम्म उनले मनिङ्वाक गरेका हुन् । मर्निङवाक पछि उनले कार्यकर्ता भेटघाट तथा छलफल गरेका छन् । जिल्ला दौडाहाको क्रममा रहेका प्रचण्डले अन्य क्षेत्रमा पुगेका बेला पनि कार्यकर्तासँग मर्निङवाक गर्छन् ।
उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर– १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।
बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले भेटघाट पनि गर्नेछन् ।
त्यसपछि उनी ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ ।
गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । सोही क्षेत्रमा आयोजित कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् । आज ४ बजे काठमाडौं फर्कने छन् ।

























