कोशीको हिउँदे अधिवेशनमा ‘विजनेश’ अभाव हुँदैन : एमाले

Share this
828shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ६, आइतबार १४:११

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशनमा ‘विजनेश’ अभाव नहुने सत्तारुढ नेकपा (एमाले)ले जनाएको छ । प्रदेशसभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेशसभाको हिउँदे अधिवेशनमा ‘विजनेश’को अभाव नहुने स्पष्ट पारेका हुन् । प्रदेशसभामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले अधिवेशनका लागि पर्याप्त ‘विजनेश’ रहेको जानकारी दिए ।

लिङ्थेपका अनुसार अधिवेशनमा सरकारले १० वटा विधेयक पेस गर्ने छ । ६ वटा नयाँ विधेयक र ४ वटा संशोधनका लागि तयारी अवस्थामा रहेका विधेयक संसदमा प्रस्तुत हुने उनको भनाइ छ ।

‘संसदमा १० वटा विधेयक पेस हुँदैछन् । हिउँदे अधिवेशनका लागि ‘विजनेश’ अभाव हुँदैन,’ उनले भने । कानुन निर्माण गर्नुअघि तल्लो तहसम्म छलफल गरेर विधेयक ल्याउन सरकारलाई आग्रहसमेत गरिएको लिङ्थेपको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.