कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार ०७:३३

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं एवं हिउँदे अधिवेशन सुरु हुनेछ ।

पाँचौं अधिवेशन अन्त्य भएको चार महिनापछि छैटौं अधिवेशन हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो ।

चार महिनापछि सुरु हुने अधिवेशनका लागि सरकारले पर्याप्त ‘विजनेश’ दिने सत्तारुढ दल नेकपा (एमाले) कोशी प्रदेशका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले जानकारी दिए ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि ५ वटा कार्यसूची छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस हुनेछ । त्यसलगत्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस हुनेछ ।

मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले आआफ्नो मन्तव्य राख्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.